साझा नेटवर्क
साझा नेटवर्क फागुन २९ काठमाण्डौ – पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ७२ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण बाट मृत्यु हुनेको सङ्ख्या तीन हजार
१४ पुगेको छ ।
अहिले नेपालमा नौ सय १५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend