logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारको अध्यक्षमा नरेन्द्र फगामी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार फागुन २८।
कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ(MONA) कतारको १८ औँ स्थापना दिवस तथा दशौ साधारणसभा हिजो शुक्रवारका दिन कतारको सहानिया स्थित अल दोसरी पार्कमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलको सभापतित्वमा सम्पन्न सभामा मोनाआईईसिका महासचिव विक्रम कार्की प्रमुख अतिथि रहेका थिए भने मीन कार्कीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । शुभकामना मन्तव्यका क्रममा संस्थापक अध्यक्ष प्रेम रसाइलीले नयॉ समितीसंग नयाँ अपेक्षा हुने हुदॉ सक्रियतालाई नघटाउन सुझाव दिएका थिए । प्रमुख अतिथि कार्कीले मोना कतारको गरीमालाई नया कार्यसमितिले अझै उच्च बनाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको पहिलो चरणको समापन गर्दै सभापति पौडेलले २ वर्षको कार्यकालमा राम्रा कामहरूको सुरुवात गरिए पनि कोरोना कारण अपुरा रहेका कार्यलाई नयाँ कार्यसमितिले पूर्ण गर्ने विश्वास व्यक्त गर्दै संस्थाका सबै क्रियाकलापलाई सफल बनाउन सहयोग गर्नेहरु सहित संस्थाका बारेमा कलम चलाउने पत्रकारहरू समेतलाई धन्यवाद ज्ञापन गर्दै कार्यसमिति भग भएको घोषणा गरेका थिए ।

सभाको दोस्रो चरणको बन्द सत्रले सर्वसम्मत रूपमा नरेन्द्र फगामिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा राजु पौडेल, प्रथम उपाध्यक्षमा बाबुराम भण्डारी, द्धितियमा उपाध्यक्ष गम ब सेन्चुरी, महासचिवमा अजय कुवँर, सचिवमा रामकृष्ण शर्मा र कोषाध्यक्षमा हेमबहादुर बानियाँ रहेका छन् भने सदस्यहरुमा क्रमशः नरेन्द्र कुमार दर्जी, नर ब मल्ल, गंगाधर कँडेल, सुमन धर्ति, दशरथ खत्री, रिपोर्ट खत्री, र वरिष्ठ सदस्यमा तुल प्रसाद कँडेल निर्विरोध चयन भएका छन् । नव निर्वाचित कार्यसमितीलाई निर्वाचन समिति संयोजक प्रेम रसाइलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

म्याग्दीको मालिका गाउँपालिका देवस्थान स्थायी घर भई लामो समयदेखि कतारमा कार्यरत फगामिले निर्वाचित भइसकेपछि बोल्दै मोना कतारका पुराना अभियानलाई निरन्तरता र आवश्यकता अनुसार थप नयाँ कार्यक्रमहरू ल्याउने बताएका थिए । नव निर्वाचित समितिको आजै बसेको पहिलो बैठकले प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष तिलु शर्मा पौडेल सल्लाहकारमा क्रमशः मीन बहादुर कार्की, थम कुमार गिरी, देविदत्त कँडेल, शिव चोखाल, लीला बहादुर चोखाल र टिका कार्की लाई चयन गरेको छ भने प्रमुख संरक्षकमा प्रेम रसाईली विक्रम कार्की, रमेश पौडेल र रेसम शाहीलाई चयन गरेको छ।म्याग्दी प्रवासी नेपाली संघ (MONA) कतारमा रहेका नेपाली सामाजिक संस्थाहरु मध्य सक्रिय र अग्रणी संस्थाको रूपमा परिचित छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend