logo
  • आइतबार, असोज ११ २०८३

द स्पाइन मेमोरेन्डमको १८औं अंक प्रकाशित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव, नवलपरासी फागुन २८।
द स्पाइन माबि बनकट्टिको मासिक पत्रिका द स्पाइन मेमोरेन्डम को १८औं अंक शुक्रबार प्रकाशित भएको छ ।

द स्पाइन न्युज क्लबले पत्रिकामा बिद्यार्थीहरुको चित्रकला, लेख रचना लगायत बिबिध बिषय प्रकाशन गर्ने उदेश्यले बिगत २ बर्षदेखि निरन्तर रुपमा पत्रिका प्रकाशन गर्दै आएको छ ।

पत्रिका प्रकाशन तथा निर्माणमा बिद्यार्थीहरु पुर्ण रुपमा स्वतस्फुर्त रुपमा सहभागी भैरहेको बिद्यालयका प्रिन्सिपल दिपक पौडेलले बताउनु भएको छ ।

पत्रिकामा आफनो ज्ञान र सिपलाई निरन्तर रुपमा तिखार्न र आफुहरु सहभागी हुन पाउदा एकदमै खुसी लागेको द स्पाइन न्युज क्लबका अध्यक्ष सुशील परियारले बताउनु भयो ।

त्यस्तै द स्पाइन मेमोरेन्डममा सामान्य ज्ञान, चित्रकला, गाउखाने कथा, स्थानिय घटना, लेख र रचनाहरु समाबेश गर्दै आएको न्युज क्लबका सल्लाहकार तथा बिद्यालयका शिक्षक मदन सुबेदीले जानकारी दिनु भएको छ ।

कक्षा १० की छात्रा प्रतिष्ठा पाण्डेले पत्रिकामा आफनो रचना, प्रतिभा समाबेश गर्न पाउदा अझै जोस जागर थपिएको बताउनु भएको छ ।

हरेक बिद्यालयले बिद्यार्थीको चौतर्फी बिकासमा जोड दिन सकेमा बिद्यार्थीहरुमा झन हौसला प्रदान हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend