logo
  • आइतबार, असोज ११ २०८३

पश्चिम नवलपरासीमा २ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसामान बरामद


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री फागुन २८ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज जिल्लाको बिभिन्न स्थानबाट २ लाख ३३ हजार ६ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ ।प्रहरीका अनुसार प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले आज भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ५४ हजार ८ सय मुल्य बराबरको १सय ३७ पिस लेडिज सल र नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी २० हजार १ सय ६० रुपैया मुल्य बराबरको २ सय १० लिटर डिजल प्रतापपुर गाउंपालिका वडा नम्बर ५ लठ्ठाबाट बरामद गरेको हो । यस्तैगरी प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १५ हजार ५० रुपैया मुल्य बराबरको ब्लाउजको थान कपडा, झुल, घांसको बिउ, पारलेजी बिस्कुट लगायतका बिभिन्न मालसामान सरावल गाउंपालिका वडा नम्बर ७ भुजहवाबाट बरामद गरेको छ ।उक्त सामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ४३ हजार ६ सय २० रुपैया मुल्य बराबरको बिभिन्न हार्डवयरको सामान सरावल गाउंपालिका वडा नम्बर ७ बुलन्दपुरबाट बरामद गरेको छ ।

बरामद भएका सम्पुर्ण सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend