साझा नेटवर्क
साझा नेटवर्क फागुन २८,बुटवल -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको बताउनु भएको छ ।
गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको प्रचण्डले बताउनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघको आजदेखि बुटवलमा सुरु भएको प्रथम अधिवेशन तथा भेलामा बोल्दै प्रचण्डले अर्को आन्दोलनको अधिवेहरी सिर्जना गर्ने बताउनु भएको छ ् ।
अब हुने आन्दोलन शान्तिपूर्ण हुने बताउँदै उहाले सडक आन्दोलनका लागि तयार रहन आग्रह गर्नुभएको छ ।
संविधान रक्षाका लागि फेरी अर्को क्रान्तिको आवश्यकता औल्याउँदै उहाले सडक आन्दोलनमा जाने तयारीमा रहेको बताउनुभएको हो ् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend