logo
  • सोमबार, असोज १२ २०८३

दैनिक ९५० लि दुध  बजारीकरण गर्दै  लुहुङ दुग्ध उत्पादक सहकारि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क फागुन २८,चुरामणी तिमिल्सिना-लुहुङ दुग्ध उत्पादक सहकारि सस्था लि तानसेन नगरपालिका वडा नम्बर १२ मा बि स २०६६ स्थापना भएको हो।

स्थापनाको सुरुवातमा ६० लि बाट दुध संकलन सुरु गरेको सहकारीले हाल सम्म दैनिक ९५० लि बजारीकरण गर्न सफल भएको सहकारीका अध्यक्ष राम प्रशाद शर्माले जानकारि दिनु भयो ।

यस सहकारिमा अहिले सम्म १९५ जना सेयर सदस्य रहेका छन ।

यहाँ संकलन गरिएको दुधलाई पाल्पा तानसेन पठाइएको सहकारी व्यवस्थापक बिष्णु थापाले बताउनु भयो ।

यस सहकारी सस्थामा नियामित रुपमा ३ जनालाइ रोजगारि मिलेको सचिव युवराज पौडेलले बताउनु भयो ।स्थानिय गाउँमा नै डेरि सन्चालन हुदा आफुहरुले सक्दो गाई भैंसी पाल्दै आएको र अरु कृषकहरु लाइ  भैसी  पाल्न आग्रह गरेको स्थानिय कृषक बद्री लुहागुनले बताउनु भयो ।

गाउँ भरि झन्डै २०० जति र १०० जति भैंसी रहेको समाचारमा जनाइएको छ। । यता रुकमाङत पाण्डे ४ गाइको दुध र दुइ भैसिको दुध डेरिमा पुर्याउने र मासिक रूपमा आम्दानी बुझेर घरर्खर्च गरेर बचत भएको आम्दानी बैंकमा जम्मा गर्दै आएको बताउनुभयो । यस्तै बद्री जस्तै थुप्रै किसानहरु यसै गरि दुधबाट राम्रो आम्दानी लिदै आएका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend