साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान फागुन २८ ।
रजवारा पोखरा झाक्रीढुङ्गा स्याउलिबाङ्ग मोटर बाटो उपभोक्ता समितिको आयोजनामा एक कार्यक्रम बीच धार्मिक तथा पर्यटकिय स्थल झाक्रीढुङ्गा तथा पिकनिक स्पोर्ट् रानीतालको पृष्ठभुमिमा बस पुराएर मोटर बाटोको उद्घघाटन गरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष मन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी रहनु भएको थियो । सो उद्घघाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले धार्मिक तथा साँस्कृतिक परम्परा मान्दै आएको झाक्रीढुङ्गा मन्दिर ,भौगोलिक बनावटले सौर्न्दर्यता रानीताल पिकनिक स्पोर्ट, साँस्कृतिक परम्परा, सात थरीका लालीगुराँस फुल्ने तथा उत्तरी हिम श्रृङ्गखला अबलोकन गर्न सकिने नाङ्गी लेक लगायतका स्थलले रजवाराको बिकासमा अहम भुमिका खेल्ने साथै पर्यटन क्षेत्रको बिकास गरे आन्तरिक तथा बाहय पर्यटक भित्र्याउन सके आर्थिक उन्नति हुने र,गत बर्ष गाउँपालिकाले यस बाटोमा बजेट धेरै बिनियोजन गरेकाले सडकको पहुँच राम्रो भएकोले स्थानीयबासीलाई सामान ढुवानी र पर्यटकिय क्षेत्रमा आवातजावत गर्न सहज हुने बताउनु भयो ।
त्यसैगरि रजवारा पोखरा झाक्रीढुङ्गा स्याउलिबाङ्ग रोल्पा सम्म सडक संजालमा जोदिए यस क्षेत्रको आमूल परिबर्तन हुने र शक्तिका हिसाबले झाक्रीढुङ्गा मन्दिरमा पुजा पाठ गरे ममोकाँक्षा पूरा हुने बिश्वास रहेको बताउनु भयो । रजवाराको सिरुङ्खोलामा पक्की पुल निर्माणधिन रहेको र आगामी दिनमा सिरुङखोला देखि झाक्रीढुङ्गा सम्मको मोटर बाटो स्तर उन्नति गर्नमा आफू प्रतिबद्ध रहेको पनि गिरिले बताउनु भयो ।
सो कार्यक्रममा मान बहादुर बुढाको स्वागत मन्तव्य सङ्गै गाउँपालिका उपाध्यक्ष तुलसी सुनार,प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थी ,वडा अध्यक्ष जंग बहादुर पुन लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन ललित बुढाले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend