साझा नेटवर्क
साझा नेटवर्क फागुन २६,चुरामणि तिमिल्सिना ,स्याङ्जा – गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत उद्यमशिलता विकास तालिम कालीगण्डकी गाउँ पालिका वडा नम्बर १ हटिया र वडा नम्बर ६ स्याङ्जामा ६० जनाको सहभागीता रहदै सम्पन्न भएको छ ।
नेपाल सरकार उद्योग तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिका स्याङ्जाको आयोजना तथा व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।
गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापाले कार्यक्रममा सम्बोधन गर्दै यस पालिका भरि सन्चालन भएका हरेक तालिम व्यावसायिकमुखि भएकोले तालिम पछी आयार्जन हुने खालका कार्यक्रम अगाडी बढाउन अनुरोध गर्दै आबस्यक परेमा पालिकाले थप सेवा सुबिधा उपलब्ध गराउने बताउनु भयो। पालिकाकाकि उपाध्यक्ष साबित्रा कोइरालाले ग्रामीण भेगका दिदि बैनिहरुलाइ तालिमले ठुलो टेवा पुगेको भन्दै दिदि बैनिहरुलाइ आफुले जानेको सिपका आधारमा व्यबसाय गर्न आग्रह गर्नु भयो ।
लामो समय सम्म तालिमको सहजिकरण गर्दै हिड्नु भएका बिष्णु सिजापति र मनिषा वलिले अब लगत्तै सिप बिकास तालिम अन्तर्गत वडन १ मा साबुन बनाउने र वडा न ६ मा सिलाइ कटाइ तालिमको सहजिकरण गरिने बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend