logo
  • सोमबार, असोज १२ २०८३

अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ ? कहिले देखि सुरु गरियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, फागुन २४।
सायद सबैलाई थाहा नहुन सक्छ तर यो कहिले देखि किन मनाइन्छ र कहिले देखि सुरुवात गरिएको थियो भन्ने बारे जानकारी पनि नहुनसक्छ।
अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलन थियो, जुन संयुक्त राष्ट्र संघले वार्षिक कार्यक्रमको रूपमा अनुमोदन गरेको थियो। यो कार्यक्रमको सुरुवात सन् १९०८ मा तब भयो,जब न्युयोर्क सिटीमा काम गर्ने झण्डै १५ हजार श्रमिक महिलाहरूले काम गर्ने घण्टा कम गर्न, बाध्यता थिए त्यसै अनुरुप श्रमिक महिलाहरुले आफ्नो हक अधिकारको सुञ्चित गर्न पाउनु पर्छ भन्ने विरोध प्रदर्शन गरेका थिए।

एक बर्ष पछि, अमेरिकी समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवस मनाउन थाल्यो। तर यस दिनलाई अन्तर्राष्ट्रिय बनाउने कुरा क्लारा जेटकिन नामकी महिलाको दिमागमा आयो। उनले आफ्नो विचार सन् १९१० मा कोपेनहेगनमा आयोजित महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरेकी थिइन् ।

यो सम्मेलनमा १७ देशका १ सय महिला प्रतिनिधिहरू उपस्थित थिए, सबैले क्लाराको सल्लाहलाई स्वागत गरे। त्यस पछि अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्याण्डमा मनाइयो । सन् १९१० मा क्लारा जेटकिन र रोजा लक्जेम्बर्ग । यसको शतक कार्यक्रम सन् २०११ मा मनाइएको थियो । विश्वले यो बर्ष अर्थात् २०२१ मा ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको छ ।

संयुक्त राष्ट्र संघले सन् १९७५ बाट औपचारिक रुपमा मनाउन थालेपछि भने यसले अन्तर्राष्ट्रिय रुपमा नै मान्यता पायो । संयुक्त राष्ट्र संघले सन् १९९६ मा पहिलो पटक यसको विगतको उत्सव मनाउनुहोस्, भविष्यको योजना बनाउनुहोस् भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend