logo
  • सोमबार, असोज १२ २०८३

वामीटक्सारका मृगौला पिडित श्रीस बचाउन अभियान, जापानमा १ लाख उठ्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ्ग फागुन २३ ।
गुल्मीको वामीटक्सार स्थायी घर भई हाल जापानमा रहनुहुने ३७ वर्षिय चन्द्र बहादुर श्रीस (रेम) बचाउ अभियान सुरु भएको छ। श्रीसका दुवै मृगौला फेल भएपछि लामो समय काठमाडौंमा उपचार भएको र हाल जापानमै उपचार भैरहेको छ।

लामो समयको उपचारका कारण उपचार खर्च अभाव भएको भन्दै स्वयं श्रीसले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि याचना गर्नुभएको थियो। सोहि आधारमा सहपाठी तथा मानवसेविहरुले स्वस्फुर्त रुपमा सहयोग संकलन अभियान सुरु गरेको जापानमै रहि सहयोग संकलनमा खटिनुभएका सुनिल सापकोटाले जानकारी दिनुभएको छ।

घरमा आर्थिक अवस्था कमजोर रहेको तर उपचार खर्च अभाव भएकोले सहयोग सुरु भएको सापकोटाले बताउनु भएको छ। पिडित श्रीसले आफ्नो ज्यान वचाइदिन अपिल गर्नुभएको छ भने सहयोग संकलनमा अभियान चलाएका सापकोटाले श्रीसको ज्यान वचाउन सहयोग गरिदिन सवैमा आग्रह गर्नुभएको छ।

श्रीसको उपचारको लागी अझै करिव ३० लाख आवश्यक पर्ने तर हाल सम्म सुनिल र दिनेश सापकोटाको पहलमा १ लाख रुपैया संकलन गरेको र अरु साथीहरुले पनि जापानमा संकलन अभियान सुरु गरेको सापकोटाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend