साझा नेटवर्क
गुल्मी फागुन २३ गते ।
रेसुङ्गा नगरपालिका गुल्मीको आयोजनामा सञ्चालित चार दिने सूचना प्रविधि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सूचना प्रविधिमा आधारित अनलाईन व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा प्रणाली मार्फत सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा प्रदान गर्नको लागि र सम्पुर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नको निम्ति रेसुङ्गा नगरपालिकाका चौधवटै वडाका वडा सचिव, नगरपालिकाका कर्मचारीहरुलाई अनललाईन सूचना प्रणाली र अफिस अटोमेशन सम्बन्धी सैद्धान्तिक एवम् प्रयोगात्मक तालिम दिइएको थियो ।

रेसुङ्गा नगरपालिकाकाकी उपप्रमुख सिता भण्डारीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको अध्यक्षतामा सञ्चालित उक्त अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक सोही नगरपालिकाका सूचना प्रविधि अधिकृत तपन पाण्डेले गर्नुभएको थियो ।
स्मरणरहोस्ः रेसुङ्गा नगरपालिकाले विभिन्न समयमा आफ्नो सेवाप्रवाहलाई प्रभावकारी बनाउन यी र यस्तै अभिमुखीकार्यक्रम गर्दै आईरहेको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend