साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ फागुन २२ ।
नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाईसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको मैथिली गित ‘आबन बैठ भट्भटिया पऽ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक रुद्रसेनकै शब्द, सङ्गीत रहेको छ । निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशनमा तयार पारिएको यस भिडियोमा नबिन गिरीले छायांकन गरेका छन् ।
म्युजिक भिडियो रुद्रसेन बिश्वकर्मा, लजिना सुबेदी, लिजा कौसल, पुजा ठाकुर, माहि खान, रोजिना क्षेत्रि र सबिका भट्टराईलाइ फिचर्ड गरिएको छ।
भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मार्फत सार्वजनिक गरिएको छ । तराइका चर्चित ६ जना मोडलहरुलाइ एकै पटक भिडियोमा ल्याएका गायक रुद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्।
लगातार एकपछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक बिश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend