साझा नेटवर्क
मधुसूधन पाण्डे, गुल्मी फाल्गुन २२।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बिद्यार्थी सगंठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू गुल्मीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम तम्घासमा सम्पन्न भएको छ। यहि फाल्गुन ०८ गते जिल्ला भेलाबाट चयन भएका पदाधिकारीहरुले आज सपथ ग्रहण गरेका हुन्।
सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला कार्यालय सदस्य क. भुपाल पाेखरेलकाे प्रमुख आतिथ्यता, नेकपा गुल्मीका नेता क. ओम कार्कीकाे विशेष आतिथ्यता तथा अनेरास्ववियू पुर्व जिल्ला संयाेजक क. राजेन्द्र बिक्रम कुँबर, अनेरास्ववियूका नेता क. राजन के.सी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

साथै अनेरास्ववियू जिल्ला कमिटीबाट बिदाई हुनुहुने पूर्व संयोजक राजेन्द्र बिक्रम कुँवर, पूर्व सह-संयोजक भरत चन्द, पूर्व संगठन बिभाग प्रमुख श्रीराम महत र पूर्व सचिवालय सदस्य राजन के.सी लाई संगठनप्रति गरेकाे याेगदान प्रती उच्च सम्मान र मुल्यांकन गर्दै बिदाइ समेत गरिएको छ ।
साथै आज नै नवीन अर्यालको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्यालय सदस्य, नवीन अर्यालकै संयोजकत्वमा ३३ सदस्यीय जिल्ला सचिवालय सदस्य तथा ९९ सदस्यीय जिल्ला कमिटीको गठन पनि गरिएको छ जिल्लामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) संघिय निर्वाचन क्षेत्रगत कमिटीको जिम्मेवारी तोकिएको छ ।
अनेरास्ववियू गुल्मीमा संघिय निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बालेन श्रेष्ठ र निलम ठड्राई सहसंयोजक र प्रदेश सभा क मा विष्णु प्रसाद भण्डारी र प्रदेश सभा ख मा विकास ज्ञवाली चयन गरिएको छ ।
संघिय निर्वाचन क्षेत्र नं. २ को संयोजकमा सन्तोष कुवँर क्षेत्री र सागर खत्री सह–संयोजकमा चयन हुनुभएको छ कार्यदलमा प्रदेश सभा क मा सागर खत्री र प्रदेश सभा ख मा अमृत थापा र इन्द्र पोख्रेल रहनुभएको छ ।
अनेरास्ववियू गुल्मी जिल्ला कमिटीको संगठन विभाग प्रमुखमा रमेश पाण्डे र अशोक नेपाली, आर्थिक विभागमा हुमकान्त पोख्रेल, सांस्कृतिक विभागमा अनिश सुनार, खेलकुद विभागमा हरि कुवँर, कपिल पाण्डे, सागर मल्ल र हिमाल कुवँर, प्रचाप्रसार विभागमा हुमाकान्त पोख्रेल र मधुसुदन पाण्डे, महिला विभागमा लक्ष्मी अर्याृल र सिता वि.क, उत्पिडीत विद्यार्थी विभागमा विष्णु वि.क र अशोक नेपाली र जनजाती विभागमा विशाल थापा र भरत मुखिया चयन हुनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नवीन अर्यालले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो त्यस्तै अनेरास्ववियू जिल्ला उपाध्यक्ष विष्णु विकले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रम अनेरास्ववियू जिल्ला अध्यक्ष नवीन अर्यालको अध्यक्षता सङ्घीय क्षेत्र न १ का संयोजक बालेन श्रेष्ठको स्वागत मन्तव्य तथा जिल्ला सचिव किशन पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend