साझा नेटवर्क
चुरामणि तिमिल्सिना, गुल्मी फागुन २२।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सार नजिकै रहेको भेमरि पोखरा आसपासका क्षेत्रमा केही दिन यता देखि बाघले आतंक नै मच्याएको छ ।
एक दिनको अन्तरमा बाघले २ गाइ खाएको स्थानिय सन्बिर नेपालीले जानकारि दिनु भयो । रुरु ४ का कमल राइको बिहिवार राति १ गाइ र गएराति लक्ष्मी राइको दुई गाइ बाघले गोठमा नै खाएको राइले जानकारि दिनु भयो ।
एक्लो बस्ति भएको हुनाले बाघले आतंक मच्याएको स्थानियको भनाइ छ । अब बहर लाग्ला र व्याउला अनि दुधबाट आम्दानी गरौला भनेर योजना बनाउनु भएकि लक्ष्मीको गाइ बाघले खाएपछी आफु रनमा परेको बताउनु भयो ।
यसरी बाधेर राखेका पशुहरु दिनहु जसो बाघको आहारा बनेपछी आफुहरु पनि पाल्न नसक्ने सन्तबिरको भनाइ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend