logo
  • सोमबार, असोज १२ २०८३

८ दिन सम्म सन्चालित लघु उद्दम विकास तालिमको समापन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

चुरामणि तिमिल्सीना, गुल्मी फागुन २२।
गुल्मीको सत्यवति गाउँपालिका खैरेनिमा आठ दिने लघु उद्दम विकास सम्वन्धि तालिमकोे समापन गरिएको छ । नेपाल सरकार उधोग तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा सत्यवति गाउँपालिकाको आयोजनामा तालिम गरिएको हो ।

फागुन १४ गते देखि सन्चालन भएको तालिममा २५ जनाको सहभागीता रहेको थियो। ८ दिन सम्म सन्चालित तालिमको समापन सत्रमा प्रमुख अतिथि सत्यवति गाउँपालिकाकि उपाध्यक्ष सुबर्ण सेर्चन साही रहनु भएको थियो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष साहिले महिला दिदि बैनिहरुलाइ तालिम अबधिभर सिकेका कुराहरुलाइ तत्त्कालै व्यावहारमा उतार्न सकेमा तालिमको औचित्य पुरा हुनेमा जोड दिनु भयो ।

कार्यक्रममा सत्यवति गाउँपालिका वडा न १ का वडा अध्यक्ष भिमलाल पाण्डे , वडा न ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भन्डारी ,पालिकाका प्रमुख प्रसासकिय अधिकृत झबिस्वर रेग्मी, वडा तथा कार्यपालिकाका जन्प्रतिनिनिधिहरु विशेष अतिथि रहनु भएको थियो।

कार्यक्रममा बक्ताहरुले यस्ता तालिमले ग्रामीण भेगका दिदि बैनिहरुलाइ ठुलो टेवा पुगेकाले आगामी कुनै पेसा व्यवसाय गर्न चाहेमा तालिम लिएका दिदि बैनिहरुलाइ थप सहयोग प्रदान गर्न आफुहरु तयार भएको बताउनु भयो।

तालिम अबधिभर भुपेन्द्र बहादुर बोहोरा र निर्जला पुन मगरले प्रशिक्षण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend