साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु फागुन २१।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ११मा स्थानीय राम समुझ चौधरीको अध्यक्षतामा बसेको भेलाबाट वडा स्तरीय कमिटी गठन गरिएको छ।

जनमत पार्टीको केन्द्रीय प्रतिनिधि राम बिकास लोधको प्रमुख अतिथित्यामा वडा स्तरीय भेला गरिएको हो। उक्त भेलाबाट ११ सदस्यीय समिति सहित उमेश चौधरीलाई संयोजक पदमा चयन गरेको छ।

जनमत पार्टीको जिल्ला सदस्य अजित सिंह चौहानको सक्रियता र जिल्ला अध्यक्ष योगेन्द्र चौधरीको रोहबरमा कमिटी गठन भएको छ । साथै भेलामा दर्जनौं कार्यकर्ता लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend