logo
  • शनिबार, साउन ३० २०८३

८३ जना कोरोना मुक्त भएसंगै १२० सङ्क्रमित थपिए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डाै, फागुन २१ ।
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा एक सय २० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार एक सय ४३ जनाको पीसीआर परीक्षण गर्दा एक सय २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रवार थपिएकासँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६ सय आठ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८३ जना उपचारपछि निको भएका छन् ।

योसँगै नेपालमा सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ७० हजार सात सय ६६ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा आठ सय ३२ जना सक्रिय सङ्क्रमित छन् ।

यसैबीच गएकाे २४ घण्टामा नेपालमा काेराेनाबाट कसैकाे पनि ज्यान गएकाे छैन । नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार १० जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend