logo
  • शुक्रबार, असोज ९ २०८३

विप्लवसँगको सहमतिले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो : प्रम ओली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, फागुन २१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्। शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले विप्लवसँगको सहमतिपछि नेपाल हिंसात्मक द्वन्द्वमा नरहेको नरहेको बताए।

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, ओली भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ । सम्बोधनका क्रममा ओलीले साहसिक कदम चालेको भन्दै विप्लवको तारिफ गरेका थिए।

त्यसअघि सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री राम बहादुर थापा र विप्लव समूहका तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हिजो भएको तीन बुँदे समहमति पत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend