logo
  • सोमबार, असोज १२ २०८३

त्रिभुवन माध्यमिक विद्यालयमा विद्यार्थी दिवा खाजा कार्यक्रम प्रभावकारी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

चुरामणि तिमिल्सिना, गुल्मी फागुन २१ ।
त्रिभुवन माध्यमिक बिद्यालय तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पामा बिद्यार्थी दिवा खाजा कार्यक्रम प्रभावकारि भएको छ । नेपाल सरकारको यो अभियान लाइ स्थानियले स्वागत समेत गरेका छन ।

यस बिद्यालयमा कक्षा १देखि५ सम्म अध्यनरत ११९ जना बिद्यार्थीहरु यो कार्यक्रम बाट प्रभाबित भएको बिद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपालले बताउनु भयो ।बिद्यालय खुल्ने दिनमा दैनिक रुपमा बिद्यालयमा नै बनाइ फरक फरक खाजा खुवाउदै आएको बिद्यालयले जनाएको छ ।

जसमा खिर,पुरि ,तरकारी ज आलुचिप्स , चिउरा फ्राइ ,हलुवा, र समसा खुवाउने गरिन्छ । यस कार्यक्रमलाइ सफल तुल्याउन नेपाल सरकारले जनहि १५ रुपैयाका दरले रकमको व्यवस्था गरेको छ ।

यो कार्यक्रम नियमित रुपमा सञ्चालन भएमा अध्ययन गर्न रुचि नभएका बाल बालिका हरुपनि आउन सक्ने भएकोले निरन्तरता दिन आफुहरुले नगरपालिकालाइ आह्वान गरेको बिद्यालय व्यब्स्थापन समितिका अध्यक्ष दुर्गा दत्त रेग्मिले बताउनु भयो ।

यो कार्यक्रम झन्डै २ महिना अघिदेखि सुरु भएको हो ।खाजा नास्ता बिद्यालयको क्यानटिन बाट ब्यबस्थापन गरिएको र त्यस्को गुणस्तर तथा ब्यबस्थापनको कार्य खाजा नास्ता सम्योजक शिक्षक प्रकाश भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसरि बिद्यालयमा पढ्न पाइने खाजा नास्ता पनि खान पाइने भएपछी बिद्यार्थीको संख्यामा वृद्धि भएको प्रधानाध्यापक नेपालले बताउनु भयो ।

यस बिद्यालयमा यति मात्र नभइ गण्डकी प्रदेश कालीगण्डकी गाउँपालिका वडा न १ स्याङ्जा बाट पनि माथिल्लो तहमा झन्डै ३० जना बिद्यार्थीहरु नियामित आउने हुँदा उनिहरुलाइ पनि बिध्यालयको तर्फबाट खाजाको ब्यबस्थापन तथा छात्र बृति पनि प्रदान गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु प्रसाद गैरेले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend