साझा नेटवर्क
केशब गौतम, गुल्मी फागुन २० ।
गुल्मी भाडगाउँकी सम्झना खत्रीको हत्यामा संलग्न एकजनालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आज भाडगाउँकी सम्झना खत्रीको हत्यामा संलग्न एकजनालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा न ३ भाडगाउँकै अभियुक्त लाल बहाुदर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ। घटनाअनुसार रेसुङ्गा ३ गुल्मीकी सम्झना बोहरा खत्री गत माघ २९ गते बेपत्ता भएकि थिन। लामो समयदेखि खोजी गरिरहेको प्रहरीले उनलाई फाल्गुण १ गते मृत अबस्थामा फेला परेकी थिन। सोही दिन भाडगाउँकै अभियुक्त लाल बहाुदर खत्रीलाई नियन्त्रणमा लिएको थियो ।
खत्री विरुद्ध सम्झनाका ससुरा गणेशबहादुर खत्रीले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको थियो । उनले सम्झनाको हत्या आफैले गरेको स्वीकारेका छन् । के कारणले हत्या गरेको भन्ने बारेमा भने खुल्न भने सकेको छैन। लाल बहादुर सम्झनाका छिमेकी ससुरा पर्दछन हुन् ।
उनी हराएपछि माइती र परिवार पक्षले प्रहरीमा उजुरी गरेका थिए ।उजुरीपछि गाडी चलाउँदै आएका श्रीमान् नेत्र बहादुर खत्रीको सोधीखोजी प्रहरीले गर्यो । उनले आफु काठमाडौं, बुटवल रहेको बताएपनि उनलाई प्रहरीले गुल्मीबाटै पक्राउ गरेको थियो । सोधपुछका लागि सासु टोमकला खत्रीलाई प्रहरीले पक्राउ गर्यो ।
सासू खत्रीले २९ गते राती ३ जना व्यक्ति आएर सम्झनालाई लिएर गएको बयान दिएकि थिन।प्रहरीका अनुसार उनले आफु र १६ महिनाका नातिलाई थुनेर ती ३ जनाले सम्झनालाई लिएर गएका थिए । फागुन १ गते प्रहरीले सोधपुछ गरेर टोमकलालाई घर पठायो र घर गएकै राती उनले आत्महत्या गरिन् ।
उनले आत्महत्या गरेपछि सम्झनाका माइती पक्ष र घर पक्षबीच आक्रोश बढ्यो र प्रहरी कार्यालय घेराउ गरेका थिए । सम्झनाका घरपक्षले सासुलाई तनाब दिएर आत्महत्या गर्न दुरुत्साहन गरेको भनेर प्रहरीमा उजुरी दिए र त्यसपछि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सम्झनाका बाबुआमा र जेठीआमालाई नियन्त्रणमा लियो।
दुवैपक्षको तीब्र दबाब र आन्दोलनपछि प्रहरीले घटनाको निचोड निकाल्न सकेन । बेपत्ता भएका १९ दिनसम्म केही पत्ता नभएपछि आन्दोलन र धर्नागर्दा पनि सम्झनाको अत्तोपत्तो भएन ।
यसै बिच १९ दिनमा उनी मृत फेला परेको खबर प्रहरीले पायो र घटनाले अर्को मोड लियो। घरबाट करीब डेढ सय मिटर तल बारीको कुनामा बोरामा राखेर हातखुट्टा बाधेको अवस्थामा क्षेत विक्षेत अवस्थामा सम्झनाको शव फेला परेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend