साझा नेटवर्क
साझा नेटवर्क फागुन २० ,चुरामणि तिमिल्सिना,गुल्मी -सत्यवती गाउँपालिका गुल्मीले आगलागि पिडित थानेश्वर बिकको परिबार लाई राहत वितरण गरेको छ ।
मंगलबार सत्यवती गाउँपालिका वडा न २ पाहादी डोटिगैरा बाट आगो लागि शुरु भै रानिबन जल्ने क्रममा थानेश्वर बिकको घर गोठ पुर्णरुपमा जलेर नस्ट भएको थियो ।
सत्यवती गाउँपालिकाको कार्यलयबाट सो ठाउको अवस्था निरीक्षण गरियको थियो ।
प्रहरीको मुचुल्का अनुसार आगलागि बाट करिब ६ लाख बराबरको क्षति भएको बताइएको छ ।
गाउँपालिकाले नीरीक्षण गरेसंगै आपत्कालिन कोशबाट सम्बन्धित पिडित परिवारलाइ चामल, दाल ,चिनि ,तेल, नुन , मरमसला , बिस्तारा सेट र त्रिपाल प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष सुबर्ण सेर्चन साहिले जानकारि दिनुभयो ।
सो स्थानमा पालिकाका अध्यक्ष पारिस्वर ढकाल ,प्रमुख प्रसासकिय अधिकृत झबिस्वर रेग्मी, प्रहरी नायब निरीक्षक लक्ष्मण बिकको सहभागीता रहेको थियो।
पिडित लाई भेट्दै अध्यक्ष ढकालले यस परिवारको बसाईको सुबिधाको लागि पालिकाले सम्बन्धि ठाउमा पहल
गर्ने साथै पालिकाले पनि सहयोग प्रदान गर्ने र महत्त्वपूर्ण कागजात जलेको हुनाले प्रतिलिपि प्राप्त गर्न तत्काल नै निकाल्नको लागि सहजीकरण गर्ने बताउनुभयो ।
पालिकाका प्रमुख प्रसासकिय अधिकृत रेग्मीले
यो परिवारलाई पालिकाको रोजगार कार्यक्रममा भएपनि समाबेश
गर्ने बताउनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend