logo
  • शुक्रबार, असोज ९ २०८३

इन्दिराले हरिलाई “तिम्रै हुन मन छ, कस्सम बाबा” भनेपछि…


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं ।
नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरि बिमर्शीले गायीका इन्दिरा शाहलाई प्रशंसा गरे संगै शाहले पनि तिमि झन् ह्यान्डसम, म यसै फिदा भन्दै कस्सम बाबा तिम्रै हुन पाउँ भनेकी हुन् ।

झन्डै २ दशक लामो गायन क्षेत्रमा क्रियाशील गायीका शाहको नयाँ प्रस्तुति हातमा बालामा विशेष स्वर दिएको बताएकी हुन्। लोक दोहोरी देखि शुरुवात गरेर आधुनिक गीतहरूमा समेत आफ्नो स्वर दि सकेकी गायीका शाहले पहिलो पटक यो फरक शैलीको गितमा स्वर दिएकि हुन्।

ओइ भन्यो मायाले झ्यालबाट जस्ता दर्जनौ चर्चित गितबाट चर्चामा आएका गायक गिरीको शब्द र लयमा यो गित बजारमा ल्याईएको हो । नृत्यको लागि भन्दै विशेष मिक्स म्यूजिक दीइएको यस गीतको म्यूजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ।

गायीका शाहको १८ औं एल्बमका रूपमा बजारमा ल्याईएको यस गितमा चक्र बम र याङ्सु श्रेष्ठको अभिनय रहेको छ।

दोलखा चरिकोट, लाइदेउमोहनी, झिलिमिली रमाइलो साझमा, तिम्ले गर्दा हो, तिम्ले छोडी गए पछि लगायत दर्जनौ गीतमा आवाज दिएकि गायीका शाहले यो गित पछिल्लो यूवा पुस्तालाई लक्षित गर्दै बाजारमा ल्याएको बताउदैं अधिकांश यूवा पुस्ताको मन जित्न सक्ने विश्वास लिएकी छिन ।

हेरौ भिडियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend