logo
  • सोमबार, असोज १२ २०८३

महिला उद्यम समुहद्वारा विद्यार्थीलाई उपहार प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, फागुन १८ ।
धुर्कोट गाउपालिका ०३ स्थित पाथरपानी महिला उद्यम समुहले एक जना होर्नियाको बिरामी विद्यार्थिलाई आज एक कार्यक्रमका बिच उपहार प्रदान गरेको छ ।

भोकालाई एक छाक भोजन होइन जिउने जुक्त्ती सिकाउ भन्ने मुलमन्त्रका साथ धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारिमा सिजनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तर्गत धुर्कोट गाउपालिकाको वडानं ०३ रहेको पाथरपानी महिला उद्यम समुहद्वारा चारदिने हेफर आधारशिला तालिम सम्पन्न भएको हो।

तालिम पश्चात् गरिएको सामुहिक कार्ययोजना अनुरुप सैनिक प्राथमिक विद्यालय कक्षा ०१ मा अध्ययनरत होर्निया रोगको बिरामी बिद्यार्थी ०९ वर्षीय अभिषेक नेपालीलाई बिद्यालयमा एक कार्यक्रम आयोजना गरि उपचारको लागि २ हजार नगद उपहार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी धुर्कोट गाउपालिका वडा नं ०३ का वडा अध्यक्ष विष्णु बहादुर थापा श्रीसले यश पाथरपानी महिला उद्यम समहले आर्थिक अवस्था कमजोर भएर उपचारका लागि समस्या भएको होर्निया रोगी अभिषेक नेपालिलाई वास्तविक अवस्थाको पहिचान गरि उपचारमा सहयोग होस भन्ने हेतुले नगदमा उपहार गर्नुभएकोमा गाउपालिकाको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमा परियोजनाका सामुदायिक सहजकर्ता लक्ष्मण सुनार, विद्यालय व्यवस्थापन समिती अध्यक्ष माया श्रीस ,प्रअ बिष्णु गाहा लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रम समुहकी अध्यक्ष लिला गाहाको अध्यक्षता , सचिव लक्ष्मी खत्रीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend