logo
  • शनिबार, कार्तिक २२ २०८३

ताप्लेजुङ आगलागी ,५० घर जलेर नष्ट


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क १८ फागुन,ताप्लेजुङ-ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट ती घरमा रहेका करिब १२० वटा पसल जलेको ताप्लेजुङ प्रहरीले जनाएको छ । ।

बस्तीमा लागेको आगो केही निमन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगो लाग्न थालेपछि खतरा झनै बढेको छ । अहिले बजारको बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ ।

स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतको उपस्थितिमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend