साझा नेटवर्क
सबिन बस्नेत, गुल्मी फाल्गुन १६ ।
प्रचण्डले एक टिभी कार्यक्रममा भारतलाई सहज हुने गरि कांग्रेस, जसपा र मार्चण्ड समूह मिलेर नेपालमा सरकार बनाउन उपयुक्त हुने भनि दिएको अभिव्यक्ति पछि ओलिले नेतृत्व गरेको समूह नै रास्ट्रवादी, स्वाभिमानी र आर्थिक बिकासको मुद्दामा प्रष्ट रहेको भन्दै ठूलो समूह पार्टी प्रबेश गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा संस्थापन पक्ष, ओलि नेतृत्व समुहमा प्रबेश गर्नेलाइ रेसुङ्गा नगरपालिका दशका वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य पदम अर्याल, वडा कमिटीका सदस्य तुल बहादुर कुवंर, नेत्र पाण्डेय र कुलविर थापाले टीका लगाएर स्वागत गरेका थिए ।
यसरी पार्टी प्रबेश गर्नेमा राजन,कमला, सुवास, टेकराज, इन्दिरा, रवि, रेखा, टिकाराम, सुरज, चेतमान, भिमकला, प्रेमराज, केशव राज, हुम बहादुर, मनकला, मैना, कमला कुवंर र लिला कुवंर सहित सिङ्गो तल्लो गाउँ नै रहेको छ ।
सो अबसरमा वडा न दशका निर्वाचित अध्यक्ष अर्यालले केही पदका आकांक्षी नेताले पार्टीमा उत्पात मच्चाएको र प्रधानमन्त्री केपि ओलिले गरेको बिकास र नेपाली भुभाग समेटिएको देशको नक्सा जारी गर्दा भारत भन्दा बढी दुखी यी नेताहरु भएको भन्दै, उनले भने- केपि ओलिको बिकल्प माधव, प्रचण्ड कुनै हालतमा हुदैन्न ।
यी जनबिरोधी नेता सदन पुनरास्थापना पछि झनै नाङ्गिएको हुँदा, असली राष्ट्रबादी नेता ओलि नै भएको समेत बताए ।एमसिसीलाइ राष्ट्रघाती बताउनेको दुई महिनामा नै अचानक बोली फेरिएको भन्दै भिम रावल र राम कुमारी झाक्रीहरुले एमसिसीलाइ केवल सत्तामा पुग्ने भर्याङ्ग मात्रै बनाउन खोजेको समेत टिप्पणी गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend