logo
  • सोमबार, असोज १२ २०८३

जहाँ बहुमत छ त्यहाँ पार्टी : पुर्व मन्त्री विष्ट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी फागुन १६ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समूहका स्थायी कमिटी सदस्य पुर्व मन्त्री गोकर्ण विष्टले जहाँ बहुमत छ त्यहाँ पार्टी भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले बमुहत सदस्यहरुले आधिकारिताको पुष्टी गर्न सक्ने बताए ।

बिष्टले पार्टी भनेको व्यक्ति नभएर बहुमत भएकाले निर्वाचन आयोगले बहुमतलाई नै आधिकारिता प्रदान गर्ने बताए । उनले बिगतमा पनि निर्वाचन आयोगले बहुमतलाई आधिकारिता दिने गरेकाले सूर्य चिन्ह् प्रदान गर्ने बताए ।

उनले राजनिति केहि व्यक्तिको हितको लागि लाखौं मानिसहरुको बलिदानी हुन नसक्ने बताए । बिष्टले लाखौं जनताको हितको लागि सिमित मानिसहरुको बलिदानी त्याग हुनुपर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्री केपी ओलीले तत्काल राजिनामा दिए लोकतन्त्र र संबिधानको रक्षा हुने अनुकुल वातारण तय हुने बताए । सर्बोच्च अदालले हराउदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्चीमा बस्नु नैतिकता नभएको बताए ।

तत्कालै प्रधानमन्त्रीले राजिनामा दिए कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन जोगिने बिष्टले बताए । विष्टले प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्न लायक नभएको आरोप लगाउनु भएको छ । पार्टीलाई संकटबाट जोगाएर नयाँ पुस्तामा जाने बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend