logo
  • सोमबार, असोज १२ २०८३

नेपाल नियमित रक्तदाता संघद्वारा ११५ प्वाईन्ट रगत संकलन, संस्था आर्थिक समस्यामा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

यमलाल भुसाल, बुटवल फागुन १५।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ । संघले हरेक महिनाको तेस्रो शनिवार आयोजन गर्ने नियमित रक्तदान कार्यक्रम अन्तर्गत फागुन महिनामाको शनिवारको कार्यक्रमवाट उक्त रगत संकलन गरेको हो ।

लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक रहेको सामाग्री सहयोग गर्ने धारणा राखनु भयो । सामाजिक काम गर्ने संस्थालाई आर्थिक अभाव रहेको छ । संस्थाको कार्यालय एउटा झोलामा सिमित रहेको छ ।

कार्यालय स्थापना गर्न आर्थिक अभाव रहेको सस्थाका अध्यक्ष दया बहादुर सिलवाल बताउनु भयो ।कार्यक्रममा संघका प्रमुख सल्लाहकार विमल बहादुर शाक्य,सल्लाहकार सुरेन्द्र कुमार शाक्य लगायतले समाजमा संघले अनुकरणीय कार्य गर्दै आइरहेकाले सबैको सहयोग जरुरी रहेको औल्याउनु भयो ।

रक्तदानकार्यक्रम संयोजक मन्जु गिरीको स्वागत र सचिव महेश खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend