logo
  • सोमबार, असोज १२ २०८३

कालिगण्डकीमा आठ जनाले लिए स्थायी बन्ध्याकरण सेवा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन १४ ।
गुल्मीको कालिगण्डकी गाउँपालिकाका आठ जनाले परिवार नियोजनसम्बन्धि स्थायी बन्ध्याकरण सेवा लिएका छन् । जसमा छ जना पुरुषले बन्ध्याकरण सेवा तथा दुई जना महिलाले मिनिल्याप सेवा लिएका छन् ।

शुक्रबार स्वास्थ्य कार्यालय, गुल्मीको आयोजना तथा परिवार नियोजन संघ, पाल्पा शाखाको सहयोगमा परिवार नियोजनसम्बन्धी स्वास्थ्य शिविर संचालन भएको थियो । शिविरमा अन्य २१ जनाले परिवार नियोजनको सेवा लिएको स्वास्थ्य कार्यालय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपाल बहादुर कार्कीले जानकारी दिए ।

पूर्तिघाट स्वास्थ्य चौकीमा संचालन भएको निःशुल्क शिविरमा परिवार नियोजन संघ, पाल्पामा कार्यरत डाक्टर यम बहादुर बस्नेतको नेतृत्वमा गएको समुहले परिवार नियोजन सेवा दिएको थियो ।

स्वास्थ्य कार्यालयले जिल्लाका अन्य पाँच स्थानमा पनि परिवार नियोजन सम्बन्धी निःशुल्क सेवा दिने जनाएको छ । जसअन्तरगत चन्द्रकोट गाउँपालिकाको शान्तिपुर स्वास्थ्य चौकीमा फागुन १६ गते, सत्यवती गाउँपालिकाको जोहाङ्ग स्वास्थ्य चौकीमा फागुन १८ गते शिविर संचालन हुने कार्कीले बताए ।

त्यस्तै मुसिकोट नगरपालिकाको वडागाउँ स्वास्थ्य चौकीमा फागुन २० गते, मदाने गाउँपालिकाको बाँझकटेरीमा फागुन २२ तथा तम्घासस्थित गुल्मी अस्पतालमा फागुन २४ गते निःशुल्क स्वास्थ्य शिविर हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बडागाउँ स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सरको पनि जाचँ हुने भएकोले ३० बर्षभन्दा माथिका महिलाहरुलाई उपस्थित हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

मिनिल्याप सेवा लिने महिलाहरुलाई भने खालि पेट उपस्थित हुन र एकजना सहयोगी लिएर आउन पनि अनुरोध गरिएको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend