logo
  • सोमबार, असोज १२ २०८३

भैसि प्रबन्धन कार्यक्रम सन्चालन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, रिडी -घर घरमा उन्नत पशु हात हातमा क्यान टोल टोलमा सन्कलन केन्द्र पोषण र आयर्आजनमा ध्यान भन्ने मुल नाराका साथ गुल्मीको सत्यवति गाउँपालिकामा लागत साझेदारिमा भैसि प्रबन्धन कार्यक्रम सन्चालन भैइरहेको छ ।

गाउँपालिकाले वडा न ६ चोरकाटे देखि वडा न २ चेहेमी नबहादुर सम्म तल्लो सडक खण्डलाइ केही समय पहिला चोरकाटे चेहेमी दुग्ध करिडोर नामक कार्यक्रम गरे संगै किसानहरु उत्साहीत भइ लागि परेका पालिकाका अध्यक्ष पारिस्वर ढकालले बताउनु भयो ।

यो आर्थिक बर्ष सम्म पालिकाले आफ्नो क्षेत्रमा बितरण गर्नको लागि उन्न्त जातका ७० वटा भैसि खरिद गरि धमाधम बितरण अभियान सन्चालन भइरहेको पालिकाकि उपाध्यक्ष सुबर्ण सेर्रचन साहिले बताउनु भयो ।

वैदेशिक रोजगारमा गएर फर्केका तमाम युवाहरु लाइ यो कार्यक्रमले प्रत्यक्ष फाइदा पुग्ने भएकोले यस अभियानमा जोडिन र आयार्जन गर्न ठुलो टेवा पुग्ने पालिकाका पशुपन्छि साखा प्रमुख नारायण खनालले जानकारि दिनु भयो ।

यस अभियानलाइ तीव्र रुप दिन र किसान हरुलाइ उत्साहीत बनाउन वडा न १ अस्लेवमा अस्लेवा उन्न्त पशुपालक तथा दुग्ध उत्पादक कृषक समुह लाई दुध सकलन गर्न आबस्यक पर्ने क्यान लेक्टो मिटर , पन्चिङ , डि फ्रीज लगयतका सामाग्री औपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत झबिस्वर रेग्मीले बताउनु भयो ।

झन्डै दैनिक १५० लि दुध अहिले पालिकाबाट रिडी गौरब डेरिलाइ पठाइरहेको र अब केही समय पछी ४०० लि। को सेरोफेरोमा बजारिकरण गर्ने अभियान सन्चालन गर्ने योजना अगाडी बढिरहेको वडा न १ का वडा अध्यक्ष भिमलाल पाण्डेले बताउनुभयो ।

अहिले अस्लेवा रामबारि चेहेमि खैरेनि बाट दुध उत्पादन भइ रहेको पाण्डेले बताउनु भयो ।

पालिकाले कार्यक्रमलाइ प्रभावकारि बनाउन ४ वटा मुर्‍रा जातका राघा राष्ट्रिय पशुप्रजनन कार्यलय पोखरा बाट समेत खरिद गरि समुहमा बिभाजन गरेको अध्यक्ष ढकालले बताउनु भयो ।

कार्यक्रममा गौरब डेरिका सन्चालक रबि लाल पन्थ अगुवा कृषक अर्जुन कनौजे सामाजिक अभियानताहरु , जन प्रतिनिधिहरु कृषक बर्गहरुको उल्लेखनिय सहभागीता रहेको थियो

कार्यक्रममा बोल्दै अगुवा कृषक कनौजेले जुन सुकै व्यबसाय सन्चालन गर्दा पनि हिसाब पार्रदसिता तरिकाले राख्न सकेमा आफु कत्तिको आत्म निभर भैइयोत र कति आम्दानी लिन सके भन्ने थाहा हुने भएकाले आर्थिक लेखा जोखा गर्न किसानहरुलाइ आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend