logo
  • शनिबार, कार्तिक २२ २०८३

पछिल्लो चौबीस घण्टामा  कोरोना सङ्क्रमण बाट चार जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क ,फाल्गुन १४ काठमाडौं – पछिल्लो चौबीस घण्टामा ११२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ् ।
तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका
११२ सङ्क्रमित सहित नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको जनाएको छ ।

हालसम्म दुई लाख ७० हजार २७७ जना निको भएका छन् । हाल ९३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ ।
यो संगै हालसम्म दुई हजार ७७१ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend