logo
  • शनिबार, कार्तिक २२ २०८३

सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक सच्यायो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

१२ फागुन,साझा नेटवर्क काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस
संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गरिएकोमा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ ।
उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमण मुक्त भएका छन् ।
सरकारले कोरोना भाइरस संक्रमण बाट मृत्यु हुनेको
संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २ हजार ६८४
पुगेको छ । बुधबार भने कोरोना संक्रमण बाट १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend