साझा नेटवर्क
साझा नेटवर्क फागुन ११, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ११० जनामा
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार २१८ जनाको पीसीआर परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोना भाइरस बाट सङ्क्रमित
हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०२ जना सङ्क्रमण मुक्त भएका छन् ।
हालसम्म दुई लाख ७० हजार ६८ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल एक हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमण बाट दुई हजार ६५ जनाको मृत्यु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend