logo
  • शनिबार, कार्तिक २२ २०८३

मायादेवीमा १ वर्षीय छोरीको आमाले गरिन् हत्या


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क फागुन ११, रुपन्देही- रुपन्देहीको मायादेवी गाउँपालिका –३ हरहरवामा आमाले १ वर्षीय छोरीको हत्या गरेकी छिन् ।
२१ वर्षीय आमा प्रेमा यादवले पहिले छोरीको हत्या गरी आफुले आत्महत्या गर्ने मनसाय बनाई हत्या गरेकी हुन् ।
आफ्नो कोठामा रहेको पंखामा बाधीएको डोरीले छारीको घाँटीमा बाधी हत्या गरी आफुले समेत सोही डोरी मार्फत आत्महत्या
गर्ने प्रयास गरेकोमा प्रेमालाई नन्दले देखेर डोरी काटी बचाएकीे थिइन् ।
शिशुको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
हरहरवा स्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप
चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोला नजिकैबाट शव पनि निकालेको छ ।
बालिकाको घाँटीमा डोरीको दाग देखिए पछि शव पोष्टमार्टमका लागि भैरहवा स्थित भीम अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend