साझा नेटवर्क
साझा नेटवर्क फागुन १०,काठमाण्डौ नेपालमा पछिल्लो चौबीस घण्टामा १२५ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार ६८१ जनाको पीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
९० जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमित सँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ९६६ जना कोरोनामुक्त भएका छन् ।
पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसबाट दुई हजार ६१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार हाल एक हजार ५२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend