logo
  • सोमबार, असोज १२ २०८३

८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क ,फाल्गुण ९ काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तीन हजार ३२५ जनाको पीसीआर परीक्षण गरिएकोमा ८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म
कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ८७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले मृत्यु
हुनेको संख्या २ हजार ६१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend