logo
  • सोमबार, असोज १२ २०८३

वैवाहिक वर्षगाठको खर्च कटाएर आशा अपाङ्गलाई सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री
९ फागुन, गुल्मी । कतिपयले वैवाहिक वर्षगाठको दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्रहरु पनि छन् जसले वैवाहिक वर्ष गाठको खर्च सामाजिक कार्यमा खर्चिन्छन् ।


गुल्मीका एक युवा व्यवसायी तथा समाजसेवीले पनि फरक तरिकाले आफनो बिवहा वर्ष गाठ मनाएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१ क्याम्पस रोडमा व्यवसाय गर्दै आएका जनक पन्थले पनि आफनो वैवाहिक वर्ष गाठको खर्च कटाए आशा अपाङ्गलाई सहयोग गरेका छन् ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रले अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको छ । त्यस केन्द्रमा पन्थले खाद्यन्न सामग्री सहयोग गरेका हुन् ।

विवाह वर्षगाठको फजुल खर्चलाई कटाएर अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थालाई सानो भएपनि सहयोग गरौ भन्ने उदेश्यले सहयोग गरेको पन्थले बताए । विवाह वर्षगाठको फजुल खर्चलाई कटाएर अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गरेकोमा संस्थाको तर्फबाट धन्यवाद दिएका थिए ।

जन्म दिनमा पनि सामाजीक क्षेत्रमा सहयोग

पन्थले आफनो जन्म दिन पनि फरक तरिकाले मनाएका थिए । उनले यसवर्ष आफनो जन्म दिनको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण बृद्धाआश्रममा पुगेर बृद्धाबृद्धहरुलाई सामुहिक भोजन गराएका थिए । वृद्धाआश्रममा रहेका ५० जना वृद्धाहरुलाई सामुहिक रुपमा एकछाक खाना खुवाएका थिए ।

पन्थले रुरु धार्मिक सेवा संचार प्राली रुरु धाम रिडीको समन्वयमा एक छाक भोजन, ताता टोपी, हात धुने साबुन र रुरुक्षेत्र हषीकेशमन्दिर को लागि २ महिनालाइ फ्री ईन्टरनेट सुविधा प्रदान गरेका थिए । पन्थले अघिल्लो वर्ष गुल्मी सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा सहयोग गरेर जन्म दिन मनाएका थिए ।

विवाह वर्षगाठ र जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानो भएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यले फरक तरिकाले मनाउने गरेको पन्थको भनाई छ । तम्घासमा व्यवसाय गर्दै आएका पन्थ विभिन्न सामाजिक कार्यमा क्रियाशिल छन् ।
उनि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मी शाखाका निवर्तमान अध्यक्ष एवम् उद्योग वाणिज्य संघ गुल्मीका सदस्य पदमा रहेर सामाजीक क्षेत्रमा काम गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend