logo
  • सोमबार, असोज १२ २०८३

 ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क फागुन ८,काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
दुई हजार ४८ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित निको भएका
छन् । कोभिड १९ बाट मुक्त भएकाको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ । हाल एक हजार ५३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

थपिएका सङ्क्रमित सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend