साझा नेटवर्क
साझा नेटवर्क फागुन ७,काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार दुई सय ६३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय १४ जना सङ्क्रमण मुक्त भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा एक हजार पाँच सय ८३ जना सक्रिय सङ्क्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।
यो संगै हालसम्म दुई हजार ६१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हाल एक हजार ५८३ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend