साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं ।
गायिका निर्मला थापा मगरले “भ्यालेन्टाइन डे” को कोसेली स्वरूप “माया लायर” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।

निर्मला थापा मगर र नरेश खाती क्षेत्रीको स्वर रहेको यस गीतमा नेत्र अर्यालको शब्द संगीत रहेको छ भने विश्वास नेपालको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा मेक्सम खाती र गीता ढुंगानाको अभिनय देख्न सकिनेछ ।
मायालु जोडीले एकार्कालाई पाउँदाको खुशीको क्षणलाई गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ । सुन्दर अनि मनोरम प्राकृतिक दृश्यसहितको छायांकनले म्यूजिक भिडियो थप आकर्षक बनेको छ ।
भिडियोमा विक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छयांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ । भिडियोलाई गायिका निर्मला थापा मगरको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend