साझा नेटवर्क
सबिन बस्नेत, गुल्मी फाल्गुन ५ ।
नेपाल गन्धर्व संगठन गुल्मीले बलेटक्सारको रानीबासमा बिष्णु गन्धर्वको सभापतित्व र अर्जुन गन्धर्वको संचालनमा आफ्नो प्रथम जिल्ला भेला सम्पन्न गरेको छ ।

प्रमुख अतिथी रुरु गांउपालिकाको उपाध्यक्ष लक्ष्मी पन्थ ,विशेष अतिथि दलित अधिकारकर्मी कृष्ण सुनार ,दल ब बिश्वकर्मा र केन्द्रिय अध्यक्ष कर्ण बहादुर गन्धर्व रहेका थिए ।

बिशेष अतिथी कृष्ण सुनारले सारङ्गी दिवसको अवसरमा यो कार्यक्रम राखिएकोमा निकै सान्दर्भिक भएको भन्दै हिजो गाउँघरमा ताजा खवर पुर्याउने माध्यम बनेका गन्धर्व समुदायलाइ राज्यले उपेक्षा गर्न नमिल्ने बताएका छन । यो बर्गले आफुलाइ कमजोर ठान्नु हुदैन,राज्यले लोपन्मुख जातिको संरक्षण स्थानीय तहदेखी नै गर्नुपर्छ र समाबेशी नीति अनुसार अबसर दिदै जानुपर्ने उल्लेख गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा ओलि समुहका जिल्ला सचिवालय सदस्य समेत रहेका सुनारले ‘आफुले प्रदीप ज्ञवाली मन्त्रीसङ्ग जग्गा बिहिन गन्धर्व जातिको लागि जग्गा उपलब्ध गराउन पहल गर्न आग्रह गरेको ‘ समेत जानकारी दिए ।
आफुले जिल्लामा सहभोजको आयोजना मार्फत छुवाछूत हटाउने कार्यक्रम गर्दै आएको भन्दै सरसफाइमा ध्यान नदिनेहरु नै अब वास्तविक दलित हुने उल्लेख गरे ।’अहिले गन्धर्व जाती शिक्षित भएको भन्दै उनले भने’ सचेतना मार्फत आफ्नो आनिबानि सुधार गर्दै जानुपर्छ’,सिक्दै जानुपर्छ ।
अब घरदैलोमा होइन पैसा तोकेर सारङ्गी बजाउन बोलाउने स्थिती ल्याउनु पर्छ तर पेश छोड्नु हुदैन । उनले भने – आफ्नो पेशलाइ सम्मानित बनाउन शिक्षित गन्धर्व एकजुट हुनैपर्छ । फरक प्रसङ्गमा चुनाव समयमा हुने र,केपि ओलि सरकारले नै अल्पसंख्यक जातिको हकहितको लागि काम गर्ने समेत बताए ।
यो भेलाले अर्जुन गन्धर्व अध्यक्ष रहेको एघार सदस्यीय नयाँ कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष धन बहादुर सचिव अनिशा ,कोषाध्यक्ष शेर बहादुर र सदस्यमा मन्जु,दिलमाया,रामु,भिम,मिठठु,बुद्द र पुतली गन्धर्व रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend