साझा नेटवर्क
साझा नेटवर्क, फागुन ५ दाङ-दाङमा परीक्षामा नम्बर कम ल्याएको भन्दै कक्षाकोठामा विद्यार्थी लाई कुट्ने एक शिक्षक लाई प्रहरीले पक्राउ गरेको छ ।
देउखुरीको राजपुर गाउँपालिका ७ मा रहेको माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।विकले गणित विषयमा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो ।
विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा विकलाई पक्राउ गरिएको र अदालत बाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विकलाई पक्राउ गरेर बालबालिका ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend