logo
  • सोमबार, असोज १२ २०८३

पछिल्लो चौबीस घण्टामा १०५ जनामा  कोरोना सङ्क्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क  फाल्गुन ४ ,काठमाडौं। पछिल्लो चौबीस घण्टामा नेपालमा १०५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको  छ । तीन हजार ३६० जनाको पीसीआर परीक्षण गरिएकोमा १०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
९९ जना कोरोना मुक्त भएका छन् । थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ ।
हाल एक हजार ५८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

हालसम्म दुई लाख ६९ हजार ३०३ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना सङ्क्रमित दुई हजार ५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend