साझा नेटवर्क
साझा नेटवर्क, फागुन ३ काठमाडौं, नेपालमा पछिल्लो चौबीस घण्टामा १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार ५४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १२२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा १४४ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
हाल एक हजार ५८१ जना सङ्क्रमितमा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित दुई लाख ७२ हजार ८४० पुगेको छ ।
दुई लाख ६९ हजार २०४ जना सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ ।
यो संगै नेपालमा हालसम्म दुई हजार ५५ जना सङ्क्रमितको मृत्यु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend