साझा नेटवर्क
केशव गौतम, गुल्मी फागुन १ ।
लोकप्रिय गायक तथा सर्जक सन्तु थापाको पञ्चेबाजा गीत “लाहुरेदाई”ले दर्शक माझ चर्चा बटुल्दै आएको छ । गायक थापाले आफ्नै यूट्युब च्यानलबाट केहि समय अगाडी गीत सार्वजनिक गरेका थिए ।

गीतमा थापाका साथै लोकप्रिय गायिका समिक्षा अधिकारीले स्वर दिएकी छन्। गीतको शब्द रचना अनिल दवाडीले गरेका हुन् भने गीतमा संगीत खेम सेञ्चुरीले दिएका छन् । भिडियोमा निर्देशन् स्वयम थापाले गरेका छन् ।

यूउट्युवमा गीत सार्वजनिक भएपछि गीतलाई धेरैले दशर्कले मन पराएका छन् । गीतका विषयमा गायक थापाले यो गीत नेपाली,नेपाली मौलिक लोकसंगीतको संरक्षण गर्न र विश्वसामु चिनाउन गीतका साथै भिडियो निर्माण गरेको बताए ।
थापाले छिट्टै अन्य दुई गीत पनि दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी दिए । सालैजो, आधुनिक गित, सोरठी गीत, कौराहा गीत, लोकपप, पञ्चेबाजा, तीज गीत, लोकदोहारी लगायतका थुप्रै विधामा स्वर दिएका थापाका यस अघि दर्जनौं गीत चर्चामा आएका थिए ।
लोकसंगीतका विभिन्न विधामा स्वर दिएका थापा भर्सटाईल गायकको रुपमा परिचित छन् । गुल्मीको तम्घासमा जन्मिएका थापा सानै देखि गीत गाउन मन पराउथे । यो क्षेत्रमा लाग्दा सुरुका दिनमा निकै संघर्ष गर्नु परेको थापाको अनुभव रहेको छ ।
दर्शक स्रोताको मायाले विगतका दुख पिडा पनि भुल्दै गएको थापा बताउँछन् ।नेपाली मौलिक लोकसंगीतमा महत्वपूर्ण योगदान दिएकै कारण थापालाई विभिन्न सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend