साझा नेटवर्क
यमलाल भुसाल, बुटवल माघ २८ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डाईभरटोलमा राष्ट्रिय सहकारी बैंकको ६७औं शाखा कार्यालयको शुभारम्भ गरिएको छ । यो संगै रुपन्देहीमा राष्ट्रिय सहकारी बैंकको तेस्रो शाखा र मुलुककै ६७औ शाखाको रुपमा तिलोत्तमाको शाखा रहेको छ ।

बैंकको शाखा कार्यालयको बुधवार एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र सहकारी विभागका रजिष्टार डा. टोक राज पाण्डेले सम्युक्त रुपमा शुभारम्भ गर्नु भएको हो ।
सोही समारोहमा नगरप्रमुख घिमिरेले नगरपालिका क्षेत्रमा ५५ वटा बैंक तथा वित्तिय संस्थाको कार्यालय रहेकाले पनि तिलोत्तमा नगरपालिका लगानीका हिसावले सुरक्षित रहेको खुलासा गर्नु भयो । मेयर घिमिरेले नगर क्षेत्रमा ११७ वटा विभिन्न विषयगत सहकारी रहेको पनि बताउदै सहकारी बैंक र सहकारी संस्थाले लिने व्याजदरलाई घटाउन माग गर्नुभयो ।
कार्यक्रममा सहकारी विभागका रजिष्टार डा.पाण्डेले सहकारी संस्थाहरुले शेयर सदस्यको आर्थिक उर्पाजनमा टेवा पुराउने हो भन्दै शेयर सदस्यको घर सम्पती लिलाम गर्ने सहकारीहरुका क्रिर्याकलाप अपराधीक भएको टिप्पणी गर्नु भयो । उहाँले सहकारीमा रहेको बदमासीको अन्त्यका लागि समान प्रबृतीका सहकारीमा रहेको दोहोरो सदस्यता छिटैृ अन्त्य गर्ने दावि गर्नुभयो ।
सहकारीको ऐन नियमलाई कडाईका साथ पालना गराउनु भन्दै सहकारी सबैका लागि हो भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको धारणा राख्नु भयो । रजिष्टार पाण्डेले मुलुक भर ७३ लाख मानिस सहकारीमा आबद्ध रहेको २९ हजार ८८६ सहकारी संचालनमा रहेको, ८८ हजारले प्रत्यक्ष रोजगारी पाएको तथ्याक बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बुद्धि गुरागाई डेपुटी जनरल म्यानेजर किशोर प्रसाद विमालीले सहकारीको मुल मर्मलाई विद्यालय स्त्तरबाटै चेतना जागृरित गराउन विद्यदालयमा सहकारी युवा ब्लव गठन गर्ने गरि योजना अगाडी बढाईएको धारणा राख्नुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन बैंक संचालक माधवलाल देवकोटा लगायतले सहकारी संस्थाहरुले अब कर्मशसियल बैंकसंग प्रतिपर्धा गर्नसक्ने गरि कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनुभयो ।
बुधवार शुभारम्भ कै दिन तिलोत्तमाको ६७ औं शाखामा यस क्षेत्रका सहकारीले ४५ करोड बढी रकम जम्मा गरेको संचालक देवकोटाले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend