साझा नेटवर्क
काठमाडौं, माघ २७।
कञ्चनपुर प्रहरीले ब्राउन सुगरको कारोबारमा संलग्न गिरोहका एक नाइकेलाई पक्राउ गरेको छ । भारतीय नागरिक सुच्चा सिंहलाई २० ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित मंगलबार पक्राउ गरेको हो ।

इन्सपेक्टर कमलकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई कञ्चनपुरको बेलौरी नगरपालिका–६ सुतियाबाट पक्राउ गरेको हो ।
उनी नेपालमा ब्राउन सुगर बिक्रि गर्ने समूहका मुख्य व्यक्ति भएको कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनको समूहका अन्य व्यक्तिमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend