साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ २७ ।
गुल्मी जिल्लको मुसिकोट नगरपालीका वडा नम्बर ७ वामीटक्सार बजारमा बजार अनुगमन गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको निर्देशनमा वामीटक्सार बजारमा खाद्य,गुणस्तर अनुमन पहिलोपटक गरिएको हो ।

२२ पसरलमा अनुगमनका क्रममा २१ किलो सुजी, कोकाकोला ३ कार्टुन, शोव आधा किलो , रामदेब कम्पनिको घिउ डेढ किलो , आटाचक्की लगायतका म्याद नाघेका अखाध्य बस्तु बरामद गरिएको छ । यस्तै अनुगमनको क्रममा मुल्यसुचि नराखेको ,दर्तागरे अनुसारको व्यापार नगरेको पाइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देहनालय भैरवहाका अधिकृत राजकुमार घिमिरे बताए ।
केही साम्रागीहरु कम्पनीलाई नै फिर्ता पठाउने तथा केही बरामद सामाग्रीलाई बामी प्रहरीले नष्ट गर्ने गरि जिम्मा दिईएको छ । बजारमा हुने कालो बजारी र म्याद गएका सामाग्रीहरुको अनुगमन हुने गर्दछ ।
जिल्ला सदरमुकाममा मात्रै गरिदै आएको बजार अनुगमन सदरमुकाम बाहिरका ग्रामीण बजारहरुमा पनि गर्न थालिएको छ ।
बजार अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देहनालय भैरवहाका अधिकृत राजकुमार घिमिरे,जिल्ला प्रसाशन कार्यालयबाट नेत्रप्रसाद पन्थी, घरेलुबाट रबिलाल केसि,उद्यमी सहजबिकास कर्ता त्रिबिक्रम ज्ञवाली रहेका थिए ।
त्यस्तै उद्योग वाणिज्य सघ गुल्मीका रामप्रसाद पन्थी ,मुसिकोट नगरपालीका उद्योग वाणिज्य शाखाका सुदर्शन शाक्य, जिल्ला उपभोक्ता हित संरक्षण मन्चका प्रमुख युवराज भण्डारी लगायत पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको थियो ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend