साझा नेटवर्क
कतार नेपाली एकता समाजले बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया बालिका भागरथी भट्टको बलात्कारपछि निर्मम र पाशविक ढंगले हत्यामा संलग्नलाई यथाशिघ्र कार्वाही गर्न सरकार संग जोडदार माग गरेको छ।
समाजका अध्यक्ष बिष्णु थापा छेत्रीद्वारा हस्ताक्षरित प्रेस वत्तव्य जारी गर्दै मृतक भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । हत्या गरिएको स्थानमा घिसारिएकोले घटना कति धेरै पाशविक थियो भन्ने कुरा प्रष्ट भएको बताउदै जति सक्दो घटना संलग्न हत्यारालाई कडा कार्वाही हुनुपर्ने बताएको छ।
निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्ष सम्म कारवाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको देखिएको छ। भागरथी भट्टको पनि निर्मला पन्तको घटना जस्तै कारवाही हुन नसक्ने अवस्था सिर्जना हुने त होइन भन्ने आशंका पैदा भएको छ । यस घटनालाई” गम्भीर ढंगले छानबीन गर्न माग गर्दछौं ।
भागरथी भट्टका बलात्कारी र हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दछौं । कतार नेपाली एकता समाजको तर्फ बाट भागरथी भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend