logo
  • शुक्रबार, असोज ९ २०८३

रुबिभ्याली वृहत म्हेन्दोमाया प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गणेश क्षेत्री, धादिङ माघ २५ ।
रुबिभ्याली गाउपालिकामा मन्जुश्री सम्बत २८५७ लाङ (ल्हो) सोनाम ल्होछारको अबसरमा बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांकृतिक कार्यक्रम हुने भएको छ ।

बिशेष गरि तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मानाईने सोनाम ल्होछारलाई भब्य रुपमा मनाउनको लागि रुबिभ्याली गाउपालिमा प्रतियोगिता लगाएत सास्कृतिक कार्यक्रमको तयारी गरिएको छ।यहि आउदो माघ ३० गते देखि शुरु हुन लागेको उक्त कार्यक्रम फाल्गुन २ गतेसम्म हुनेछ।प्रतियोगितामा

“संस्कार र संस्कृतिको पहिचान, पहिचानलाई जगेर्ना रुबिभ्यालीको अभियान” भन्ने मुल नारा बोकेको गाउपालिकामा गाउपालिकाको ब्यबस्थापन आर्थिक सहयोग, सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको आयोजना तथा नमस्ते च्याम्र युवा समाज सेर्तुङको सह आयोजनामा हुन लागेको कार्यक्रमको तयारी तिब्र गतिमा भैइरहेको छ।

पुर्ब गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा गाउपालिका अध्यक्ष चेरुङ तामाङ,उपाध्यक्ष बिना तामाङको उपस्थिति रहनेछ।

तीन दिनसम्म हुने उक्त प्रतियोगितामा लामा नाच,झाक्री नाच,म्हानेदोरा नाच,डोका नाच,मारुनी नाच ताबु नाच,बोमोसोमो, साईखोले लगाएत गाउपालिका स्तरिय महिला भलिबल प्रतियोगिता सनेत हुनेछ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि ख्यातिप्राप्त चर्चित कलाकारहरु सागर एस. वाईबा,म्हेन्दोमाया कलाकार संघ नेपालका केन्द्रिय अध्यक्ष नृत्य निर्देशक तथा तामाङ नायक राज किङ वाईबा, बिकल तामाङ,आरम्भ तामाङ,रोज गोम्जा, देव ठोकार,छिमी मम्बो तामाङ लगाएतको उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend