साझा नेटवर्क
साझा नेटवर्क,दिल्ली माघ २६ ।
दिल्लीमा कर्मथलो बनाएर बसेका नेपालका विभिन्न जिल्लावासी मगरहरुको संगठन कानुङ लाङ्घाली मगर समाज दिल्लीले ३९ औं मगर दिवसको अवसरमा विविध सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रवासमा आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ ३९ औं मगर दिवस फागुन १५ लाई लक्षित गरि फागुन १६ गते तदनुसार २८ फेब्रुअरी २०२१ आइतबार प्रधान महेन्द्र यादब भवन मेन बुराडी स्वरुपनगर दिल्लीमा कार्यक्रम गर्ने तयारी गरेको छ । उक्त दिवसलाइ मनोरञ्जन पुर्ण बनाउनको निमित्त नेपालबाट ख्यातीप्राप्त कलाकारहरुलाई समेत आमन्त्रित गरिएको जानकारी कानुङ लाङ्घाली मगर समाजका अभिभावकहरु ले गराएका छन । सो कार्यक्रममा चर्चित कलाकारहरु गायिका खिमा रोका मगर, गायक दिपु मगर र गायिका दिपिका मगर को उपस्थिति रहनेछ साथमा बाल कलाकारहरु एलिशा रोका मगर, निर्मला पुन मगर, कृष्ण थापा मगर, आरुसी जिसि र सृष्टि अधिकारी को बेजोड प्रस्तुति रहनेछ ।
सो दिनमा उपस्थिति भइ कार्यक्रम लाई भब्यताका साथ सफल बनाउन उक्त कानुङ लाङघाली समाजले भारत प्रवसमा रहेका मगर तथा गैरमगर सम्पुर्ण नेपाली बुवाआमा दाजुभाइ तथा दिदिबहिनीहरु लाई अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend